गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता‚ मुख्यमन्त्रीमा कृष्णचन्द्र प्रस्तावित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध बिहीबार प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ र जसपाका २ जना गरी २८ जना सांसदको हस्ताक्षर रहेको छ ।

यसका साथै भावी मुख्यमन्त्रीमा भने कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका थिए ।

प्रतिक्रिया