कोरोना संक्रमण बढ्न थालेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेपछि दिल्ली सरकारले विकेन्ड कर्फ्यू लगाउने घोषणा गरेको छ ।

विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुने जनाइएको छ ।

नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्नेगरी खुला गरिनेछ भने रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ ।

५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् ।

मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न कर्फ्यू नै उपयुक्त विकल्प रहेको बताएका छन् ।

अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार संक्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया