सिन्दुर जात्रामा रङ्गिन भक्तपुर
२०७८ वैशाख २ गते

भक्तपुर । भक्तपुरको मध्यपुरथिमीमा सिन्दुर जात्राको रौनक सुरु भएको छ । बिहीबार बिहानैबाट खट संकलन गरेर जात्राको रौनक सुरु भएको हो ।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र यो जात्रा मनाइन्छ । जात्रा मनाउनका लागि स्थानीयले आ-आफ्नो घरबार खट लिएर यो जात्रामा आउने गर्दछन् ।
मध्यपुर ठिमीबासीहरुले एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाउने गर्छन् ।
आजको यस सिन्दुर जात्रामा बालकदेखि वृद्धवृद्धासम्मको सहभागिता थियो । एक आपसमा छ्यापिएको सिन्दुरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो ।

२०७८ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








