चेम्बरका नवनिर्वाचित पदाधिकारीलाई सीएनआईद्वारा स्वागत

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल चेम्बर अफ कमर्शको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ।

राजेनद्र मल्लको अध्यक्षमा चेम्बरमा नयाँ कार्यसमिति चयन भएपछि चेम्बरले उनीहरुलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा भएको छलफलमा व्यवसायीहरुले कोभिड नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्नुपर्ने बताए । सीएनआई अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रबीचका संस्थाबीच अझ बढी सहकार्य आवश्यक रहेको बताए ।

अध्यक्ष मोरले कोभिडबाट अर्थतन्त्र जोगाउन निजी क्षेत्रका व्यवसायिक संगठनले सरकारलाई संयुक्त रुपमा सुझाव दिएको बताउँदै फेरि पनि स्वास्थय मापदण्डको पालना गर्दै उद्योग व्यवसाय सुचारु राख्न संयुक्त रुपमा आवाज उठाउनु पर्ने बताए । उद्योगमा काम गर्ने कर्मचारीलाई खोपको व्यवस्था गर्न समेत माग गर्नुपर्ने उनले बताए ।

चेम्बरका अध्यक्ष मल्लले आउँदा दिनमा सीएनआई जस्ता संगठनसँग संयुक्त एजेन्डा बनाएर अघि बढ्ने बताए ।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थिए । त्यस्तै, चेम्बरका उपाध्यक्ष दीपककुमार मल्होत्रा, सुरेन्द्रकुमार श्रेष्ठ, दीपक श्रेष्ठ, त्रिभुवनधर तुलाधर, उर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया