नयाँ वर्षलाई लक्षित गर्दै हाम्रो पात्रोले ल्यायो ज्योतिष परामर्शमा ३५५ छुट

काठमाडौं । हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय ‘हाम्रो अन्लाईन ज्योतिष’ परामर्श सेवामा ३५५ छुट ल्याएको छ ।

यसअन्तर्गत हाम्रो पात्रो सेवाग्राहीहरुले हाम्रो पात्रोको एप तथा वेबमार्फत् आफ्नो आउँदो वर्षका बारेमा परामर्श लिन सक्ने हाम्रो पात्रोले जनाएको छ ।

हाम्रो पात्रोसँग आवद्ध ख्यातिप्राप्त ज्योतिष गुरूहरूबाट अन्लाइनमार्फत् आफूले चाहेअनुसारको परामर्श गरी आफ्नो आउँदो वर्षको जानकारीका लागि सेवाग्राहीले हाम्रो पात्रोको एप अथवा वेबमा गएर परामर्श लिन सक्ने हाम्रो पात्रोले जनाएको छ ।

यो छुट चैत ३० गतेदेखि वैशाख ५ गतेसम्मका लागि मात्र लागू हुने र इच्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ देखि ९ बजे यो सेवा लिन सक्ने बताएको छ ।

नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिनभर उपलब्ध हुने जनाइएको छ ।

यस सेवाका लागि अन्तरराष्ट्रिय कार्ड साथै नेपालमा ई सेवा, कनेक्ट आइपिएस अथवा खल्तीबाट भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । यो सेवा संसारभरका हाम्रो पात्रो सेवाग्राहीले लिनसक्ने बताएका छन् ।

प्रतिक्रिया