गएको २४ घण्टामा थपिए ४९६ कोरोना संक्रमित‚ १३ जनाको मृत्यु

काठमाडौं । सोमबार नेपालमा ४ सय ९६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४ सय ९६ जनामा पिसिआर र ६३ जनामा गरिएको एन्टीजेन परीक्षणमा गरी ५ सय ५९ जनामा कोभिड-१९ पुष्टि भएको हो । कूल संक्रमितमध्ये ३ हजार ३ सय ६ जना आइसोलेसनमा छन् ।

त्यसैगरी गएको २४ घण्टामा १ सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोभिड-१९ निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा ३ हजार ५३ कोभिड संक्रमितको मृत्यु भएको छ । हाल ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया