प्रदेश २ : एमाले प्रवेश गरेका ४ सांसद पदमुक्त

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा केपी शर्मा ओलीको कित्तामा उभिएका पूर्वमाओवादी पृष्ठभूमि भएका प्रदेश नं. २ का ४  सांसद भएका छन् । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि पनि माओवादी केन्द्रमा नफर्किएका सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएका हुन् ।

सोमवार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोजकुमार यादवले यसबारेमा संसदलाई जानकारी दिएका छन् । कारबाहीअघि माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण नदिएपछि उनीहरुलाई कारबाही गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मकालु खबरलाई जानकारी दिए । ‘उहाँहरुले स्पष्टीकरण पनि दिनुभएन,’ सचिव ढकालले भने, ‘त्यसपछि कारबाही गर्नैपर्ने भएर अध्यक्षज्यूले कारबाहीको प्रक्रिया अगाडि बढाउनुभएको थियो ।’

पदमुक्त भएका मण्डल धनुषा क्षेत्र नं. १ को ‘ख’बाट, साह बारा क्षेत्र नं. ३ को ‘क’ र कुशवाहा रौतहट क्षेत्र नं. ३ को ‘ख’बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने बाराका समीर समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया