इलाममा नोबेल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरले इलाममा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पूर्वसांसद लिलादेवी श्रेष्ठ नागरिक समाज पशुपतिनगरको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

सूर्योदय नगरपालिका- ५ मा सञ्चालन गरिएको उक्त शिविरबाट १३ सय ५५ जनाले लाभ लिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

पछिल्लो समय नोबेल मेडिकल कलेजले देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया