माधव नेपालको राजनीतिक प्रतिवेदन– ओलीले पार्टीलाई गुट स्वार्थको साधन मात्रै बनाए (पूर्णपाठ)

काठमाडौं । विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गुट स्वार्थको साधन मात्रै बनाएको आरोप लगाएका छन् । गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीति प्रतिवेदनमार्फत नेता नेपालले अध्यक्ष ओलीलाई यस्तो आरोप लगाएका हुन् । ‘उहाँ (ओली) ले न त पार्टीले अँगालेको संगठनात्मक सिद्धान्तको पालना गर्नुभयो न त पार्टी विधानको नै पालना गर्नुभयो,’ प्रतिवेदनमा भनिएको छ, ‘उहाँले पार्टीलई आफ्नो गुट स्वार्थको साधन मात्रै बनाउनुभयो ।’

संशोधनसहित मातहतका निकायहरुमा पठाइएको उक्त प्रतिवेदनमा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष ओलीको उदय भएपछि नै पार्टीमा समस्या देखिन थालेको उल्लेख गरिएको छ । नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले औंल्याएका छन् । ‘वस्तुतः नेता र नीतिको अन्तरविरोध संस्थागत गरेर नवौं महाधिवेशन सम्पन्न भयो,’ प्रतिवेदनमा उल्लेख छ, ‘नवौं महाधिवेशनपछि पार्टीलाई विचारहीन बनाउन पार्टी अध्यक्ष स्वयं योजनाबद्ध रुपले अगाडि बढ्नुभयो ।’

प्रतिवेदनमार्फत नेता नेपालले ओलीले आफूसँग असहमत भएका नेताहरुलाई कमजोर बनाउने खेल खेलेको पनि बताएका छन् । नेता नेपालले भनेका छन्, ‘आफूसँग असहमत भएकै आधारमा आफू समानका नेताहरुलाई फसाएर बदला लिने तर आफूसँग आत्मसमर्पण गर्ने शंकास्पद गतिविधिमा संलग्नहरुलाई खुलेआम संरक्षण गर्नेजस्ता कामहरु भए ।’

खासगरी गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि एमाले पनि प्रष्ट रुपमा दुई खेमामा विभाजन भएको छ । यद्यपि ओलीले नेता नेपालले आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरिरहेका छन् । तर, नेता नेपालले ओली नसुध्रिएसम्म एक ठाउँमा रहन नसकिने अडान लिँदै आएका छन् ।

पूर्णपाठ यहाँ हेर्नुस्ः

प्रतिक्रिया