करेन्ट लागेर दम्पतीको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । करेन्ट लाग्दा हेटौंडा-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा जेलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रमममा करेन्ट लागेर मृत्यु भएको हो ।

प्रतिक्रिया