ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गयो
२०७७ चैत २९ गते

चितवन । पूर्वी चितवनको राप्तीमा भएको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका-११ स्थित चिउरी खोलामा आइतबार साँझ ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा सवार २२ जना घाइते भएका थिए । घाइतेहरुको उद्धार गरेर अस्पताल लैजादै गर्दा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी एक दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । मृतक तथा घाइतेको सनाखत हुन सकेको छैन । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
२०७७ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









