पछाडि सारेको टिपरले किचेर एक जनाको मृत्यु

विराटनगर । सुनसरीमा पछाडि सारेको टिपरले किचेर एकजनाको मृत्यु भएको छ । ईटहरी उपमहानगरपालिका- १ आपगाछी चोकमा टिपर पछाडि सार्ने क्रममा ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका ७२ वर्षीय पूर्णबहादुर गुरूङ रहेका छन् । आज दिउसो प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपर पछाडि सार्ने क्रममा गुरुङलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

टिपर र चालक ईटहरी १९ बरगाछीका २९ वर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया