मित्रनगरको एक होटलमा युवकको शव फेला‚ दुई पक्राउ

काठमाडौं । काठमाडौंस्थित मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।

होटलको रुममा शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ ।

नागरिकताको आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीले बताएको छ । थप विवरण भने पोस्टमार्टमपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइसकिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेतलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया