‘एकअर्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ पुगिँदैन’

काठमाडौं । विपक्षी एमाले नेता माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान गर्न सकिने बताएका छन् । आइतवार प्रेस संगठन नेपाल, पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘पार्टीभित्र देखिएको समस्याको समाधानको बाटो सम्वाद र वार्ता नै हो,’ नेता नेपालले भने, ‘यसको समाधान यहीँबाटै मात्रै समाधान गर्न सकिन्छ ।’

पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुंग्याउन सकिने बताएका नेता नेपालले विगतका तिता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु सधैं तत्पर रहेको पनि बताए । ‘एकअर्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ पनि पुगिँदैन,’ नेता नेपालले भने, ‘त्यसैले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्छ ।’

नेता नेपालले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता/कार्यकर्तालाई कारबाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक संकट उत्पन्न गरेको दाबी गरे ।

प्रतिक्रिया