भ्यान पल्टिँदा दुई जनाको मृत्यु

चितवन । चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-१९ रामपुर चौकी नजिक बिहान ना १ ज ३८५९ नम्बरको म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा भरतपुर महानगरपालिका-४ का ५० वर्षीय राजेन्द्र दमाई र कास्कीको रुपा गाँउपालिका-१ का ४५ वर्षीय सूर्य खातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । उनका अनुसार भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको म्याजिक दुर्घटनामा परेको हो ।

दुर्घटना अन्य ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया