दीपशिखा युवा समुहको वार्षिकोत्सवमा केएमसी द्वारा स्वास्थ्य शिविरको आयोजना

काठमाडौ । मेडिकल कलेजको प्राविधिक सहयोगमा दीपशिखा युवा समुहको २६ औँ वार्षिक उत्सवको अवसरमा चन्द्रागिरी नगरपालिका पुरानो नैकापमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

दीपशिखा युवा क्लवको आयोजनामा शिविर सञ्चालन गरिएको केएमसीले जानकारी दिएको छ ।

एकदिने स्वास्थ्य शिविरमा ११ सय ३३ जनाको निः शुल्क उपचार गरिएको केएमसीका जेनरल मेनेजर नारायण दाहालले जानकारी दिएका छन् ।

स्वास्थ्य शिविरमा १ सय ५५ जनाको ईसिजी, १ सय ६५ जनाको ल्याव टेष्ट, २ सय ३ जनाको यूएसजी र २२ जनाको दातको उपचार गरिएको छ ।

केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यसअघि काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया