सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, हेर्नुहोस् रिजल्ट

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा शुक्रबार बिहान आइपिओ बाँडफाँट गरिएको हो ।

मेगा क्यापिटलका अनुसार सिँगटीको सर्वधारण सेयर खरिदका लागि १५ लाख ६५ हजार ५३० आवदकले आवेदन दिएका थिए । ती मध्ये १५ लाख ५९ हजार ८ सय २ वटा योग्य आवेदन परेको थियो । ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको थियो ।

योग्य आवेदकमध्ये २ लाख ६९ हजार ७ सय जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । योग्य आवेदकमध्ये १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले वितरण गरिएको हो ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्नसक्ने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ ।

प्रतिक्रिया