सभापति देउवाले बोलाए तीनै दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससहित नेकपा माओवादी केन्द्र‚ जनता समाजवादी पार्टी (जसपा) गरी तीनै दलको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे तीन दलको बैठक बोलाएका हुन् ।

देउवाले भोलि (शुक्रबार) आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलसँग परामर्श गर्ने एक नेताले बताए ।

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपाभित्र यस विषयमा दुई मत देखिएको छ । जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद गर्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया