नयाँ वर्षमा भिभोको रेनी क्याम्पियन अफर

काठमाडौं । स्मार्टफोन उत्पादक कम्पनी भिभोले नयाँ वर्षलाई लक्षित गरी देशभरका आफ्ना खुद्रा आउटलेटबाट ग्राहकलाई विशेष छुट दिने अफर ल्याएको छ ।

‘रेनी क्यापियन अफर’ नाम दिइएको यो अफर अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म रहने कम्पनीले जनाएको छ । भिभोको भी सिरिज ह्यान्डसेटहरु भी–२०, भी–२० एसई तथा वाई सिरिज स्मार्टफोनको वाई–५१, वाई–१२, वाई–९१ सी जस्ता मोबाइलमा आफर लागू भएको कम्पीले जनाएको छ ।

कम्पनीका अनुसार अफरअन्तर्गत भी–२० को खरिद मूल्य ड्रपअन्तर्गत ३ हजार उपलब्ध हुने, पहिलो १०० उपभोक्ताले उक्त उत्साहजनक गेमिङ फोन जित्ने मौका पाउने, पहिलो १५० उपभोक्ताले जसले भिभो भि२० एसई खरिद गर्नेछ उसले ब्लुतुथ स्पिकर पाउनेछन् ।

भिभो वाई–२० को सबै खरिदकर्तालाई पर्चेच प्राईस ड्रप रु. एक हजार दिइने, सबै ग्राहकले भिभो वाई ९१ सीका खरिदका लागि पर्चेच प्राईस ड्रप रु. २ हजार पाउने छन् । ग्राहकहरुले भिभो वाई १२ एस एक हजार रुपैयाँ छुटका साथ पाउने छन् ।

पहिलो १ हजार ७ सय ग्राहकले भिभो वाई–२०, वाई– २० एस, वाई–५१ स्मार्टफोन खरिद गर्नेछन् तिनीले यस सिजनको आईपिएल जर्सी जित्ने मौका पाउने छन् ।

प्रथम क्रेता र यस्तै भाग्यशाली विजेता बन्न प्रयोगकर्ताले एकपटक उपकरण सक्रिय गरेर भिभोको सफ्टवयरमा स्कान गरेपछि छनौट हुनेछ । आईपिएल जर्सी, गेमिङ्ग हेडफोनहरु तथा ब्लुतुथ स्पिकरमा २५ प्रतिशत टीडीएस लाग्नेछ यधपी यो टिडिएस रकम भिभोले भुक्तान दिनेछ ।

अर्कातर्फ प्राईस ड्रप क्याम्पियन भने नयाँ वर्षको क्याम्पियन सकिएपछि पनि लागु रहिरहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया