देशव्यापी सामाजिक काम गरी कुमारी बैंकले मनायो २० औं वार्षिकोत्सव

काठमाडौं । कुमारी बैंकले आफ्ना देशव्यापी शाखाबाट सामाजिक कार्यक्रम आयोजना गरी आफ्नो आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ ।

बैंकले प्रदेश– २ मा रहेका १५ वटै शाखाबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम सम्पन्न गरेको छ । यसै सन्दर्भमा मिति २१ चैतमा बैंकको हरिवन शाखाले चतुर्भुजेश्वर महादेव मन्दिर सरसफाइ गरेकोे छ । राजविराज शाखाले सप्तरीस्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेकोे छ ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो । यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– २मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया