भेस्पाको ‘१०० कस्टमर रिक्रिएशनल राइड’ सम्पन्न

काठमाडौं । भेस्पाका लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले शनिबार भेस्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बीचसम्म ‘१०० कस्टमर रिक्रिएशनल राइड’ आयोजना गर्यो ।

राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको प्रालिका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।

भेष्पा प्रिमियम प्रडक्ट हो । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतो बताउँछन् । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । राइडमा सहभागी सम्पूर्ण ग्राहक खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् ।

‘प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेस्पा हो ।’

भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि विभिन्न रिक्रियसनल गेम हरु पनि खेलाएको थियो जसमा ३ लेग गेम, रोप पुलिङ, क्यारि योर पार्टनर रेस, भलिबल खेल, कम्युनिकेशन ग्याप जस्ता खेल आयोजना गरिएका थिए । विभिन्न राइडरहरुले कम्पनीको तर्फ़बाट विभिन्न उपहार पनि जितेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया