नेप्सेमा झिनो वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से)मा बिहीबार सामान्य वृद्धि देखिएको छ । बिहीबार नेप्से २.७४ अंकले बढेर २६७४.३५ विन्दुमा पुगेको छ ।

यस दिन ७ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ८० रुपैयाँमा २ सय ७ कम्पनीका १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा र म्युचअल फण्डको समूहगत सूचक बढेका छन् । अन्य सूचक आरोलो लागेका छन् ।

यस दिन एनआइसी एसिया लघुवित्त, ग्रिनलाइफ हाइड्रो पावर, ज्योतिलाईफ इन्स्यारेन्ससहित ६ कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया