नेपाली बजारमा नयाँ माेडलकाे बेनेली ७५२ एस सार्वजनिक

काठमाडौं । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले इटालियन ब्राण्डको बेनेली मोटरसाइकलको नयाँ मोडल बेनेली ७५२ एस नेपाली बजारमा ल्याएको छ । कम्पनीको नक्साल स्थित शोरुममा एक कार्यक्रमका बीच उक्त नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरिएको हो ।

बनेलीका लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता केटिएमले उत्कृष्ट माइलेज दिने उक्त मोटरसाइकल नेपाली उपभोक्ताका लागि उपयुक्त हुने बताएको छ । सन् २०१६ देखि केटिएमले नेपाली बजारमा विभिन्न मोडेलका बेनेली मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

बेनेली ७५२ एसको मूल्य सुपथ रहेको, पार्टपूर्जा सहजै उपलब्ध हुने जनाएको छ । यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गरिएको हुँदा एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने छ ।

आधुनिक डिजाइन भएको बेनेली ७५२ एस धेरैको रोजाई बन्ने कम्पनीले जनाएको छ । यसको बलियो ट्युब फ्रेम र स्टिल प्लेटको आकार हुनुका साथै चारवटा स्ट्रोकको ७५० सीसी इन्जिन रहेको जनाएको छ । हाइड्रोलिक रिवाउण्ड ब्रेक, ब्रेम्बो बार्किङ, सेमी फ्लोटिङ डिस्क, फोर पिस्टन क्लिपर, डलब पिस्टन फ्लोटिङ क्लिपर, १७ इन्चको आल्मुनियम रिमस, १४.५ लिटर क्षमताको पेट्रोल ट्याङ्की रहेको छ ।

७५२ एस बेनेलीको सबै शोरुममा सेतो, रातो, कालो तथा हरियो गरी ४ रङहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया