संसदीय समितिमा नेकपा तर प्रतिनिधि सभामा एमाले किन ? : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले संसदीय समितिमा आफूहरु नेकपा नै रहेको भन्दै विरोध जनाएका छन् । उनले प्रतिनिधिसभामा बोल्दै बिहीबार यस्तो बताएका हुन् ।

यसले संसद्को क्रियाशीलतामा पनि असर गर्ने उनको भनाइ छ। त्यसैले प्रतिनिधिसभामा एमाले तर समितिमा नेकपा हुन नसक्ने उनको भनाइ छ। उनले संविधानविपरीतको काम भएको भन्दै संविधानसम्मत बनाउन आग्रह गरे ।

यस्तो परिस्थिति निर्माण हुँदा संसदको क्रियाशीलतामा नै प्रभाव पार्ने भन्दै अधिकारीले यस्तो संविधान र कानुनविपरीत काम अन्त्य गर्न माग गरे । ‘हामी संविधानविपरीत रुपले समितिहरुमा नेकपा हुन सक्दैनौं । असंवैधानिक काम गर्न पनि हुँदैन, यस्तो काम गर्न उक्साउन पनि हुँदैन’ उनले भने ।

उनले भने, ‘अदालतले एमाले र माओवादी केन्द्र बनाएर फेरि एकीकरण गर्न आऊ भनेपछि जाने सकेनौं। त्यसैले हामी दुई पार्टी नै छौं तर समितिमा नेकपा हुन बाध्य छौं।’

 

प्रतिक्रिया