एशोसियट केन्द्रीय सदस्यमा विकाश र कृति विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघकाे निर्वाचनमा एशोसियट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उठेका एभरेष्ट प्रेस क्लबकी कृति भट्टराई र पीजे क्लबका विकास कार्कीले जित हाँसिल गरेका छन् ।

हिजो (बुधबार) राती सम्पन्न मतगणना अनुसार कृतिले २७४ र कार्कीले सर्वााधिक ३०१ मत प्राप्त गरेका छन् । एशोसियट सदस्यका लागि ५ जना चुनावी प्रतिस्पर्धामा थिए, जसमध्ये नेपाल पत्रकार मञ्चका ओमबन्धु कार्कीले २५७ र चलचित्र पत्रकार संघका विष्णु सुवेदीले १६१ मत ल्याए । यस्तै समीक्षक समाजकी स्मृति ढुंगानाले १३३ मत प्राप्त गरिन् ।

बुधबारको निर्वाचनमा एशोसियटतर्फ ६ सय ९५ मत खसेको थियो, जसमध्ये ११ मत बदर भएकाे बताइएकाे छ ।

नेपाल पत्रकार महासंघकाे निर्वाचन हिजाे सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया