पत्रकार महासंघ निर्वाचन : ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी

काठमाडाैं । नेपाल पत्रकार महासंघकाे निर्वाचन हिजाे (बुधबार) सम्पन्न भएकाे छ । मतदानपछि मतगणना जारी छ ।

कतिपय शाखाकाे नतिजा समेत सार्वजनिक भइसकेकाे छ । यसैबीच नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएकाे छ । पत्रकार न्यौपाने प्रेस संगठनका नेता हुन् ।

केही समयअघि सम्पन्न मतगणना अनुसार न्यौपाने २७६ मतसहित विजयी भएका हुन् । यद्यपी मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।

बुधबार भएको मतदानमा ललितपुर शाखामा ३८३ कूल मत खसेको थियाे ।

नेपाल पत्रकार महासंघकाे निर्वाचन कार्यतालिकाअन्तर्गत बुधबार बिहान साढे ९ बजेबाट मतदान सुरू भएकाे थियाे भने साँझ ५ बजे सम्पन्न भएको थियाे  । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो ।

प्रतिक्रिया