एनसीसी बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट दिइने

काठमाडौं । एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच बैंकका ग्राहकलाई रिसोर्टका सेवामा छुट दिने प्याकेज सम्झौता भएको छ ।

बुधबार एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीलाई रिसोर्टमा उपलब्ध सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया