भक्तपुरको बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । भक्तपुरमा मनाइने गरेको बिस्काः जात्रा नरोक्न सर्वोच्च अदालतले आन्तरिम आदेश जारी गरेको छ । अदालतको यस्तो आदेश आउनुअघि बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्ने जात्रा मनाउने निर्णय गरेको थियो ।

त्यसअघि भक्तपुर जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमणको जोखिमका कारण जात्रा नमनाउने निर्णय गरेको थियो । प्रशासनले जात्रा रोक्ने निर्णय गरेपछि भने सर्वोच्चमा रिट निवेदन परेको थियो ।

उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।

 

प्रतिक्रिया