डिसहोमको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

सुनसरी । सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको छ ।

ललितपुर महाकाल गाउँपालिका घर भएको जितेशको बुधबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इटहरी शान्ति चोकस्थित पोलमा डिसहोमको तार टाँग्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया