टेकुमा जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण, तीन घण्टामै रिपाेर्ट

काठमाडौं । सरकारले जीन एक्सपर्ट विधिबाट पनि काेराेना भाइरस (काेभिड १९) परीक्षण गर्ने भएकाे छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म परीक्षण सुरु हुने भएकाे हाे । प्रयाेगशालाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएकाे हाे ।

प्रयाेगशालाका अनुसार साे विधिबाट गरिएकाे परीक्षणकाे रिपाेर्ट तीन घण्टाभित्रै आउने छ । यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक तथा अस्पतालको सिफारिस अनिवार्य हुने प्रयाेगशालाले जनाएकाे छ । यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने छ ।

प्रतिक्रिया