नेप्सेमा झिनाे गिरावट

काठमाडौं । नेपालको सेयर बजार परिसूचक (नेप्से) बुधबार २.८५ अंकले घटेको छ । याे दिनकाे काराेबारपछि नेप्स २६७१.६१ विन्दुमा राेकिएकाे छ ।

यस दिन ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँमा २ सय १५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, म्युचुअल फण्डलगायत समूहको समूहगत सूचक बढेका छन् ।

यस दिन सबैभन्दा बढी महिला लुघुवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्स लिमिटेडका सेयर धनीले बढी कमाएका छन् । यी दुई सहित ५ कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

प्रतिक्रिया