गण्डकी प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौं । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका हुन् ।

दुबै मन्त्रीले मुख्यमन्त्री पृथ्बी सुबा गुरुङसमक्ष प्रदेशसभा बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री चुमनले तीन वर्षसम्म सरकारमा रहँदा पाएको साथ र सहयोगका लागि मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया