गोठमा आगलागी हुँदा दुई वालवालिकाको मृत्यु

काठमाडाैं । प्यूठानमा आगोले जलेर दुई वालवालिकाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो ।

बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिएका छन् ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको गिरीले बताएका छन् । अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया