वैदेशिक रोजगार विभागमा ५६५ उजुरी, पिडितद्वारा ३२ करोड बिगो रकम दावी

काठमाडौँ । वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष २०७७–०७८ मात्र ५६५ ठगी र बिगो बिरुध्द उजुरी परेको छ । गत महिनाको माघमा मात्र बिभागमा २ सय २४ उजुरी परेको थियो । यो सबै वैदेशिक विभागमा परेका ब्यक्तिगत ठगीको उजुरी हो ।

उजुरीमा पिडितले ठगी र बिगो बापत ४४ करोड ६८ लाख ५९ हजार ४ सय ३७ रुपैया दावी गरेका थिए । तर प्रमाण नपुगेको कारण २६५ उजुरी मात्र अदालतमा दायर भएका छन् । बाँकी उजुरीमा प्रमाण नपुगेको कारण अदालतमा मुध्दा दायर गर्न नपाएको बैदेशिक रोजगार बिभागले जानकारी दिएको छ ।

प्रमाण पुगेका मुध्दा बापत पिडितले ३२ करोड ७ लाख ३४ हजार ९ सय ९५ रकम बिगो दावी गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७७–०७८ मा नै ठगी बिरुध्द परेको मुध्दाको दोषि ७५ पुरुष र ३१ महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । ६५ पुरुष र ३१ जना महिला भने अहिले सम्म पनि फरार नै छन् । यही फागुन महिनामा मात्रै १ सय २४ जना पिडितले मुध्दा दर्ता गराएका थिए ।

प्रतिक्रिया