पत्रकार महासंघको निर्वाचन एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन एक घण्टाका लागि स्थगित गरिएको छ ।

बुधबार बिहान ९:३० बजेबाट सुरु भएको मतदान निर्वाचनका लागि छापिएको मतपत्रमा दुई केन्द्रीय सदस्यको नाम नरहेको भन्दै काठमाडौंमा एक घण्टाका लागि स्थगित गरिएको हो ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहनेछ ।

प्रतिक्रिया