काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले समानान्तर कमिटी घोषणालाई तीव्रता दिने क्रममा मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्ने तयारी गरेको छ ।
केही दिनअघि काठमाडौंको कमिटी घोषणा गरेको थियो ।
वडा तहसम्मै समानान्तर कमिटी बनाउने उद्घोष गरेको खनाल–नेपाल समूहले ११ बजे कलंकीस्थित सिद्धिगणेश पार्टी प्यालेसबाट बागमती प्रदेशमा समानान्तर कमिटी घोषाणा गर्ने लागेको माधवकुमार नेपालपक्षीय एक नेताले बताए ।