तोलामा तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौं। साताको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैंयाले बढेको छ ।

सोमबार प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्यमा मंगलबार तोलामा ३०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य आज ८७ हजार ५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य भने आज यथावत रहेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ३५ रुपैंया रहेको थियो ।

प्रतिक्रिया