कास्कीमा नेपाल-खनालपक्षीय एमालेको समानान्तर जिल्ला कमिटी गठन

कास्की । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले कास्कीमा समानान्तर जिल्ला कमिटी चयन गरेको छ ।

कास्कीको सदरमुकाम पोखरामा जारी नेपाल-खनाल पक्षको कार्यक्रममा नयाँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराइएकाे नेपाल-खनालपक्षीय एक नेताले बताए ।

कमिटीको अध्यक्षमा धनराज आचार्य, उपाध्यक्ष शोभखर भण्डारी, सचिव होम नेपाली र उपसचिवमा पूर्ण लामा चयन भएका छन् । भेलामा माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया