भारतमा बन्यो संसारकै अग्लो रेलवे ब्रिज

नयाँ दिल्ली । भारतले कस्मिरमा रहेकाे चेनाब नदीमा संसारकै अग्लाे रेलवे ब्रिज (पुल) बनाएकाे छ ।

साेमबार आर्क ब्रिजको निर्माण सकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसकाे लागत २८ हजार करोड भारू रहेकाे छ । भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्ग हाे याे । १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने बताइएको छ ।

१० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो ब्रिजले ८ म्याग्नेच्युडसम्मकाे भूकम्प धान्न सक्ने दाबी छ ।

भारतीय सञ्चार माध्यम आज तकका अनुसार उक्त आर्क ब्रिज नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको छ । यसकाे उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ । ब्रिजकाे पिलरकाे उचाइ १३१ मिटर छ ।

१३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान रहेकाे जनाइएकाे छ । मुख्य आर्क स्पान ४६७ मिटर छ । यसकाे निर्माण कोकण रेलवे कर्पोरेशन लिमिटेडले गरेकाे हाे । उक्त ब्रिजले कन्याकुमारी र कश्मिरलाई सिधा जाेड्दैछ ।

प्रतिक्रिया