नेपालका पूर्वी जिल्लामा भूकम्पको धक्का

काठमाडाैं । नेपालको पूर्वी भेगमा भूकम्पकाे धक्का महशुस भएकाे छ । साेमबार राति ९ बजेर ५ मिनेटमा भारतको बिनागुडीलाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।

भारतकाे राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिनागुडीलाई केन्द्रविन्दु बनाएर ५‍.८ म्याग्‍निच्युडको भूकम्प गएकाे छ ।

भूकम्पकाे धक्का नेपालका माेरङ, सुनसरी संखुवासभालगायतका जिल्लाहरुमा महशुस गरिएकाे हाे ।

प्रतिक्रिया