चेम्बर अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध, घोषणा हुन बाँकी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा राजेन्द्र मल्ल सर्वसम्म निर्वाचित हुने निश्चित भएको छ । चेम्बर कार्यसमितिको निर्वाचन २८ चैतमा घोषणा गरिएकोले सर्वसम्म हुनेहरुको घोषणा पनि उक्त दिन हुने चेम्बरले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेकोले चेम्बरका सबै पदका पदाधिकारी निर्वाधिन निर्वाचित हुने निश्चित भएको हो ।

अध्यक्षमा निर्विरोध निर्वाचित हुने मल्ल यसअघि नेपाल–चीन चेम्बर अफ कमर्सका महासचिव भइसकेका छन्। उनी २०६२ सालमा चेम्बरको सदस्य बनेका थिए । मल्लको लगानी मनाङ एयर र प्रभु इन्स्योरेन्स, भक्तपुर इँटा टायल कारखाना, कान्तिपुर इन्जिनियरिङ कलेज, जरसिंह पौवास्थित तिलौरा रिर्सोट, ठमेल ट्रेड सेन्टरलगायतमा छ ।

कार्यसमितिमा वाणिज्य क्षेत्रबाट १५ जना, उद्योग क्षेत्रबाट ९, जिल्ला चेम्बर अफ कमर्सबाट १५, चेम्बर अफ कमर्सबाट प्रतिनिधित्व १, वस्तुगत संघबाट ९, संस्थागत उद्योग वाणिज्य संघबाट ३, आबद्ध संघबाट ३ गरी ५५ जना छानिएका सर्वसम्मत हुने छन् ।

चेम्बरको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल र उपाध्यक्षमा दीपक मल्होत्रा दोहोरिने भएका छन्।

को को छन् सदस्य ?

प्रतिक्रिया