उपभोक्ताहरूलाई कोकाकोलाको विशेष अफर

काठमाडौँ । बेभरेज ब्रान्डको कोकाकोलाले गर्मीमा घरमा स्पेशल खानाको सानो ट्रिट ट्याग लाइनका साथ उपभोक्ताका लागि प्रवर्द्धन अभियान सञ्चालन गरेको छ ।

आफ्ना उपभोक्ताले घरमा खानाका क्षणहरू विशेष र अविस्मरणीय बनाउन २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याक निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो प्रमोसनल अफर ‘कोक एण्ड मिल्स क्याम्पेन’को एक हिस्सा भएको साथै यो वर्षको शुरुमा सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

यसको मूल सन्देश कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया