विपक्षी एमालेद्वारा दुई महिने अभियान घोषणा

काठमाडौं । विपक्षी एमालेले दुई महिने अभियान घोषणा गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित शनिबार कंलकीमा बसेको स्थायी कमिटी बैठकले अभियानको घोषणा गरेको नेता योगेशकुमार भट्टराईले जानकारी दिए ।

नेता भट्टराईकाअनुसार बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रहसमेत गरेको छ । ‘विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सञ्चालन गर्ने र आवश्यकताअनुसार गठन वा पुनःगठन हुन्छ,’ नेता भट्टराईले भने, ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भएको छ ।’

यसैबीच नेता भट्टराईले नेता नेपालसँगै अन्य तीन नेताहरुलाई सत्तापक्षीय एमालेले गरेको कारबाहीको कुनै औचित्य नरहेको बताएका छन् ।

प्रतिक्रिया