‘राजनीतिले कोल्टो फेर्‍यो, छिट्टै नयाँ सरकार बन्छ’

कठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको निर्णयले राजनीतिक कोल्टो फेरेको बताएका छन् । जिल्लास्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न शनिवार कपिलवस्तु पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो,’ अध्यक्ष प्रचण्डले भने, ‘खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’

आफूले नयाँ सरकार गठनको पहल गर्नुपर्ने भएपनि पूर्वनिर्धातिर समयानुसार आफू कपिलवस्तु गएको बताउँदै अध्यक्ष प्रचण्डले अब नयाँ सरकारका लागि पहल गर्ने पनि बताए । ‘अब नयाँ सरकार छिट्टै बन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अब पहल गरिन्छ ।’

कांग्रेसको निर्णयसँगै नयाँ सरकार गठनको बाटो खुलेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘देशको राजनीतिले कोल्टो फेरेको छ, तपाईंहरुलाई सबैलाई बधाई छ । सम्भवतः अब छिट्टै नयाँ सरकार बन्नेछ ।’

प्रतिक्रिया