प्रधानमन्त्रीद्वारा १६५ सडक सञ्जालको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको संयुक्त शुभारम्भ गरेका छन् ।
सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले स्वीच थिचेर सञ्जालको शुभारम्भ गरेका हुन् ।

नेपालको पूर्वाधार विकासमा कोशेढुंगा मानिने निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि एकीकृत रुपमा विकास गर्ने लक्ष्य राखेर सरकारले एकसाथ शुभारम्भ गरेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक छनोट गरी त्यसको दीर्घकालीन विकास गर्न लागिएको हो । शुभारम्भ कार्यक्रममा दुवै सदनका सांसदहरुको समेत सहभागिता छ ।

प्रतिक्रिया