निउरो टिप्न जाँदा हात्तीको आक्रमणबाट मृत्युु

टीकापुर । कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्युु भएको छ । जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अरुण बमले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन् ।

‘जंगली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ’, उनी भन्छन्, ‘उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ, जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।’

प्रतिक्रिया