काभ्रेपलाञ्चोकमा केएमसीको सहयोगमा स्वास्थ्य शिविर‚ १३ सय २६ जना लाभान्वित

काठमाडौं । काठमाडौं मेडिकल कलेजलको प्राविधिक सहयोगमा विन्दवासिनी सहकारी संस्थाले काभ्रेपलाञ्चोकको मन्डन देउपुर नगरपालिका–७ जिरोकिलोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

संस्थाको आयोजनामा सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरमा बिरामीको बाक्लो उपस्थिति रहेको केएमसीले जनाएको छ ।

शिविरमा १३ सय २६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार उपचारको क्रममा ५ सय १ जनाको ईसीजी, २ सय ५१ जनाको ल्याब टेस्ट, १ सय ९८ जनाको भिडियो एक्स रे र ३१ जनाको दाँतको उपचार गरिएको छ ।

केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट लगायतका जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

समाजसेवी डा.सुनिल शर्माले केएमसीमा अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको केएमसीले जानकारी दिएको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया