‘संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चल्छन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको आरोप लगाएका छन् ।

स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने,’ अध्यक्ष प्रचण्डले भने, ‘ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौँ ।’

यस्तै अध्यक्ष प्रचण्डले संसद् पुनःस्थापना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताएका छन् । ‘संसद् पुनःस्थापना भयो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, षड्यन्त्रको अन्य भएन ।’

प्रतिक्रिया