नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्सबीच सम्झौता

काठमाडौं । नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिबीच सम्झौता भएको छ ।

कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरू प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा नबिल बैंकका निरजकुमार बस्नेत (डनिल)र अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकले सधैं दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास लिएको निरजकुमार बस्नेत (डनिल)ले बताए ।

बैंकले कृषि प्राविधिकहरूका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जालगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरू प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन बैंक उत्साहित रहेको जनाएको छ ।

यस सँझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।

‘नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु रहेको आर एण्ड डीका अध्यक्ष सुनिता न्हेम्हाफूकीले बताइन् ।

यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिकमार्फत् अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिइएको छ ।

यस कार्यक्रमअन्तर्गत जेटिए, जेटी, आईएस्सीएजी र बि एस सी एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । कार्यक्रमअन्तर्गत आगामी एक वर्षभित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाँउमा उद्यम विकास गर्ने योजना रहेको बैंकले जनाएको छ ।

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखाकार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको जनाएको छ । साथै आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालि भने सन् २०१२ देखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया