सर्वोच्चको निर्णय राजनीतिक कदमको निरन्तरता : नारायणकाजी श्रेष्ठ

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेकपालाई पूर्ववत् अवस्थामै फर्काइदिने फैसलामाथि पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको निर्णयप्रति आपत्ति जनाएका छन् ।

नेता श्रेष्ठले बिहीबार एक ट्विट गर्दै अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोपसमेत लगाएका छन् ।

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेशझैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो‚’ उनले लेखेका छन्‚ ‘यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ। जागौं ।’

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा नाम ऋषि कट्टेललाई दिँदै साविकको नेकपालाई पूर्ववत् अवस्थामा पुर्‍याइदिएको थियो । त्यसपछि माओवादी केन्द्रले उक्त फैसलामाथि पुनरावलोकनका लागि निवेदन दिएको थियो । जसमाथि बिहीबार सुनुवाइ हुँदै पुनरावलोकन नहुने भएको हो ।

प्रतिक्रिया